काठमाडौं । कोरोना भाइरसको उद्गम चीनमा संक्रमण नयूनीकरण हुँदै गएको बताइएको छ । पछिल्लो २४ घन्टामा संक्रमण पनि १२ जनामा मात्रै भेटिएको चिकित्सकहरुले बताएका छन् ।
बुधबार चीनमा भाइरसको संक्रमणका कारण कसैको मृत्यु नभएको स्वास्थ्यकर्मीले दावी गरेका छन् ।
यता संक्रमण नरोकिएपछि इटलीले भने आजदेखि १० दिनका लागि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको छ । सङ्क्रमणका कारण इटलीमा हालसम्म १ सय सात जनाको मृत्यु भइसकेको छ भने ३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।
त्यहाँका प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको स्वास्थ्यसेवा जोखिममा रहेको बताएका छन् । सरकारले अब फिल्महल र नाट्यशाला तथा सार्वजनिक कार्यक्रममा पनि रोक लगाउने तयारी गरेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चीन र हङ्कङ, जापान, इराक र यूएईले पहिले नै विद्यालयहरू बन्द गरिसकेका छन ।
त्यस्तै फ्रान्सले पनि प्रभावित क्षेत्रमा १ सय २० वटा विद्यालय बन्द गराएको छ ।
दक्षिण कोरियामा पनि संक्रमितको संख्या घटदो क्रममा रहेको बताइएको छ । हिजो २ सय ९३ जनामा मात्रै संक्रमण देखिएको छ ।
हालसम्म दक्षिण कोरियामा ५ हजार ६ सय २१ जनामा संक्रमण देखिएको छ भने ३५ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरिमा झन्डै ३ हजार २ सय जनाको मृत्यु भइसकेको छ । ९० हजार बढी मानिस सङ्क्रमित भएका छन् । बिरामी र मृतकको सर्वाधिक संख्या चीनमा छ ।
अहिलेसम्म ८१ देशमा सङ्क्रमण पुष्टि भइसकेको छ । चीनबाहिर इटली, इरान र दक्षिण कोरिया धेरै सङ्क्रमण पाइएको छ । एजेन्सीहरुको सहयोगमा