काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको त्रिवि शिक्षण अस्पतालका चिकित्सकले बताएका छन् ।
बिहान १०ः०० बजेबाट सुरु भएको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सफल भएको उपचारमा संलग्न डा। प्रेम ज्ञवालीले बताउनु भएको छ ।
उहाँको प्रत्यारोपण गरेको नयाँ मृगौलाले काम गर्न थालिसकेको डा।ज्ञवालीले जानकारी दिनु भएको छ ।
प्रधानमन्त्री ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको मिगौला प्रत्यारोपणको समयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उद्योग तथा वाणिज्य मन्त्री लेखराज भट्ट, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, पुर्वमन्त्री एवं सांसद महेश बस्नेतलगायत सांसदहरु, नेता कार्यकर्ता तथा शुभचिन्तकहरूको भीड लागेको छ । प्रधानमन्त्री ओलीको तस्वीरसहित ‘गेट वेल सून पिएम ओली’ लेखिएका प्लेकार्ड बोकेका शुभचिन्तकहरु अस्पताल परिसरमा ठुलै संख्यामा भेला भएका छन् ।





















