काठमाडौं । सरकारले प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ज्ञवालीलाई
बताउनु भएको छ ।
प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार ज्ञवालीको बढुवा गरिएको हो ।
प्रहरी नायब महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता लगायतका आधारमा उनलाई बढुवा गरिएको बताइएको छ ।
हाल प्रहरी नायब महानिरीक्षकका रुपमा ज्ञवाली प्रदेश नं। १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए । निवर्तमान आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबारबाट अवकाश पाएका छन् ।
ज्ञवालीले ५ महिना मात्र प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न पाउने छन् । पाँच महिना पछि उनी पनि सेवाहदका कारण अवकाश पाउने छन् ।



















