काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको कामदारले हत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
ललितपुरको सानेपास्थित कार्कीको निवासमा काम गर्दै आए्का विजय चौधरीले भान्सामा रहेको पिर्का प्रहार गरेर हत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।
कामदार चौधरी पनि मृत भेटिएका छन् । उनी झुण्डिएको अवस्थामा भेटिएका थिए । चौधरीले मुनाको हत्या गरेर आत्महत्या गरेको हुन सक्ने प्ररीको आशंका छन ।
अर्धचेत अवस्थामा भेटिएकी मुनालाई प्रहरीले स्टार हस्पिटल पुर्याएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेको ललितपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वसचिव अर्जुन कार्की पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका बेला उक्त घटना भएको देखिन्छ। एकाबिहानै पशुपति दर्शन गर्न गएका पूर्वसचिव कार्की घर फर्किँदा विभत्स दृश्य देखेका थिए।
कार्कीले चिच्याएपछि वरपर हल्लाखल्ला भएपछि प्रहरी घटनास्थल पुगेको थियो । अहिले अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पुगेर अनुसन्धान थालेको छ ।