काठमाडौं । माछापुच्छे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंक MASHREQ BANK) बाट १० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढि पैसा नेपाल भित्र्याएको छ । यसअघि सो बैंकबाट नेपालमा रकम भित्र्याउन गरेको सम्झौताअनुरुप नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात माछापुच्छे बैंकले १० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्वभन्दा बढि पैसा नेपाल भित्र्याएकोे हो ।
नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्थाअनुसार माछापुच्छे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो ।
माछापुच्छे बैंकले दुवईस्थित माश्रिक बैंकबाट ल्याएको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसायलगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने जनाएको छ ।