रुपन्देही । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले बुटवलको रामनगरमा ‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला’स्थापना गरेको छ ।
सामाजिक विकासमन्त्री सुदर्शन बरालले बिहीबार शुभारम्भ गर्दै मन्त्रालयले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो । मन्त्रालयका सचिव डा गोपीकृष्ण खनालले तीन तहका सरकार मिलेर स्वास्थ्य सेवालाई एकीकृत ढङ्गले लैजान आवश्यक रहेको बताउनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले प्रदेशस्तरीय प्रयोगशालाको लागि तिलोत्तमा नगरपालिका जग्गा दिन तयार रहेको जानकारी दिनुभयो ।
प्रयोगशाला कार्यालयका निमित्त प्रमुख डा राजेन्द्र गिरीले कार्यालयमा अहिले १२ जनाको दरबन्दी रहेको जानकारी दिँदै प्रयोगशालाको लागि नमूना लिन शुरु गरिने जानकारी दिनुभयो । (रासस)