काठमाडौ । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको छ। माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले आउँदो चैतमा म्याद सकिन लागेका दुवै आयोगको म्याद थप्ने निर्णय गरेको हो ।
त्यस्तै मन्त्रिपरिषद बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ मकाजुलाई मनोनयन गरेको छ ।
माघ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका १७ वटा निर्णय यस्ता छन् ।






















