काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले मंगलबार सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
केही दिनअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि त्यसलाई रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट हालेका थिए ।




















