काठमाडौँ । गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।
सोमबार विहान आफै प्रहरी सम्पर्कमा पुगेकी राउतमाथि अनुसन्धानका लागि सात दिन थुनामा राख्नुुुुु प्रहरीले अनुमति मागेको थियो । तर प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार दिन मात्र थुन्न राख्न आदेश दिएका हुन्।
प्रहरीले सरकारी वकिलमार्फत राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको अनुमति मागेको थियो।
माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ। श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।
आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएपछि राउतविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो।
राउत आइतबार आफैं अभिभावकसँग महानगरीय प्रहरी परिसर पुगेकी थिइन्। उनको स्वाथ्य परीक्षण गरी प्रहरीले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगेको थियो।
उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्ने भनिएपनि प्रहरीसमक्ष आफैं उपस्थित भएर कमजोरी स्वीकार गरेमा मुद्दा नचलाउने प्रहरीको संकेत छ।
अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन्। उनलाई त्यहीबाटै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन्।