पोखरा । गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बैंकिङ कसूरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।
ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलनले आफूमाथि कुटपिटको आरोपमा उजुरी गरेपछि मनाङ्गेलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो । मिलनलाई भने प्रहरीले आज पोखराबाटै पक्राउ गरेको हो ।