काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्रबोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ ।
अनुमति पश्चात माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी माछापुच्छे« क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश गरेको छ ।
चेम्बर भवन, जमल, काठमाण्डौमा मुख्यकार्यालय रहेको माछापुच्छ्रे क्यापिटल लि.ले उपरोक्त सेवाहरु प्रदान गर्नका लागि सम्पुर्ण तयारी गरिसकेको र निकट भविष्यमा सेवा सुचारु गर्ने व्यहोरा क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिएका छन् ।
चुक्तापूँजी २० करोड रहेको संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचयल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु समेत प्रदान गर्ने बताइएको छ ।