काठमाडौं । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेलाई निर्दोष ठहर गरेको छ।
आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आज अन्तिम फैसला सुनाउँदै सफाइ दिएको हो।
भदौ ९ गते रावलकै इजलासले लामिछानेलाई पाँच लाख, कँडेललाई तीन लाख र कार्कीलाई साधारण तारेखमा छाडेको थियो।
सफाइ पाएपछि लामिछानेले ‘न्याय मरेको छैन भन्ने यो अर्को उदाहरण हो’ भनेका छन् । उनले आफूलाई देश विदेशबाट समर्थन गर्ने सबै शुभचिन्तकलाई धन्यवाद पनि दिएका छन् ।