काठमाडौ । भारतले नेपालका लागि विनय मोहन क्वात्रालाई राजदूत नियुक्त गरेको छ ।
यसअघि फ्रान्सका राजदूत रहेका क्वात्रालाई भारतले नेपालका लागि राजदूतका रुपमा पठाउन लागेको हो । सन् १९८८ मा कूटनीतिक सेवामा प्रवेश गरेकाक्वात्रा यसअघि सन् २०१७ अगस्टसम्म फ्रान्सका लागि भारतीय राजदूत थिए । उनले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा समेत काम गरिसकेको बताइएको छ ।
अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा सन् २०१० मेदेखि सन् २०१३ जुलाइसम्म काम गरेको बताइएको छ ।
नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किएपछि क्वात्रा नेपालको नयाँ राजदूतका रुपमा आउन लागेका हुन् ।
























