काठमाडौं । जनक पशुपति बचत तथा ऋण सहकारी संस्था लि.को १९औं बार्षिक साधारण सभा शनिवार वैभव पाटी प्यालेस मैतिदेवीमा सम्पन्न भएको छ ।
संचालक समितिका अध्यक्ष मोहन कुमार चालिसेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पूर्वन्याधिश राजेन्द्र प्रसाद कोइराला र विशेष अथितिका रुपमा पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाको उपस्थिती रहेको थियो ।
सभाले संचालक समितिको प्रतिवेदन, आ. व. २०७५÷०७६ को लेखा परिक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु पारित गर्नुका साथै माधव प्रसाद पोखरेलको अध्यक्षतामा नौ सदस्य संचालक समितिको सर्वसम्वत रुपमा चयन समेत गरेको छ । संस्थामा ३२६ जना शेयर सदस्यहरु रहेका छन् ।