काठमाडौँ । एनएमबी बैंकका सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्याणले सपथग्रहण गरेका छन् । गोल्याणलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्षको रूपमा पद तथा गोपनीयताको सपथग्रहण गराएका हुुन् ।
यही २०७६ पौष २४ गते ललितपुरमा सम्पन्न एनएमबी बैंक लिमिटेडकोे २४औं वार्षिक साधारणसभाले गोल्याणलाई संस्थापक सेयरधनीको प्रतिनिधि चयन गरेको हो ।
हाल एनएमबि बैंकको सञ्चालक समितिमा अध्यक्ष पवनकुमार गोल्याण, एफएमओको तर्फबाट संस्थापक सेयरधनी नीको पिल, कर्मचारी सञ्चयकोषको तर्फबाट संस्थापक सेयरधनी राजेन्द्र काफ्ले, सर्वसाधारण सेयरधनीबाट शिरिषकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोन तथा स्वतन्त्र सञ्चालक प्रदिपराज पाण्डे रहेका छन् ।