काठमाडौँ । काठमाडौँस्थित होटल डेल अन्नपूर्ण र सेञ्चुरी कमर्सियल बैंकबीच विभिन्न सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । होटल डेल अन्नपूर्णका साथै सो होटलअन्तर्गत जगतपुर लज, चितवन तथा फिशटेल लज, पोखरामा सेञ्चुरी बैंकको क्रेडिट कार्डबाट महशुल भुक्तान गर्दा बेकरी तथा अन्य खाद्य र बेभरेजमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।
सम्झौतामा होटलका प्रमुख कार्यकारी अधिकृत राजु विक्रम शाह र बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले हस्ताक्षर गरेका छन् ।