काठमाडौँ । माछापुच्छ्रे बैंकले ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । ग्राहक महानुभावहरूलाई छिटो छरितो र सहज रूपमा सुविधा प्रदान गर्ने उद्देश्यका साथ बैंकले अन्तर्राष्ट्रिय स्तरको एसआईपी पीबीएक्समा आधारित आईभीआर बैकिङ र अडियो नोटिस बोर्डसहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्रसञ्चालनमा ल्याएको हो । ग्राहकले बैंकको विभिन्न सामजिक सञ्जालमार्फत सिधै माछापुच्छ्रे ग्राहक सेवा केन्द्रमा सम्पर्क स्थापित गर्न सक्नेछन् ।
बैंकको गुणस्तरीय सेवा विस्तारका साथै देश तथा विदेशमा रहेका ग्राहकहरूलाई बैंकसँग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भूमिका खेल्नेछ । ग्राहकहरूले ०१५९७०५५५ नम्बरमा फोन गरी आफूलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन् । जसबाट ग्राहकहरूले बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सूचना, गुनासो तथा अन्य कुराहरूको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेकोबैंकले मोवाईल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दती खाता खोल्ने, क्यूआर कोडलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको छ । बैंकले हाल सबै क्षेत्रमा गरीएक सय ४५ वटा शाखाहरू, एक सय ३८ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा दुुई ८३ स्थानमा रहेका सेवा सञ्जाल तथा एक सय ७९ वटा एटीएमहरू तथा एक हजारभन्दा बढी पीओएमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।