जनरल कासिम सुलेमानीको हत्याको बदला भन्दै इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य शिविरमा २२ वटा मिसाइल प्रहार गरेको छ।
इराकी सेनाले वक्तव्य जारी गर्दै इरानले अनवर प्रान्तमा रहेको अल असद सैन्य शिविरमा १७ र इरबिलमा ५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो।
अल असदमा प्रहार गरिएको १७ मध्ये २ वटा क्षेप्यास्त्र विस्फोट नभएको इराकी सेनाको भनाइ छ। स्थानीय समयअनुसार बुधबार बिहानै पौने २ देखि सवा २ बजेसम्म सो आक्रमण भएको जनाइएको छ।
आक्रमणबाट कोही पनि इराकीलाई केही क्षति नपुगेको जनाउँदै इराकले ८० अमेरिकी सैनिक मारिएको दावी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको आक्रमणको समीक्षा गरिरहेको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेसम्म सबै ठीकठाक छ, हामीसँग विश्वकै शक्तिशाली सेना छन् । म बिहान एक बयान जारी गर्नेछु ।’
तस्वीर : एपी

























