काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भई प्रतितोला ७६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाइएको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो ।
यस्तै चाँदी पनि बुधबार तोलामा २० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार अघिल्लो दिनभन्दा प्रतितोला पाँच सय रुपैयाँले घटेर ७५ हजार ५ सय रुपैयाँमा झरेको थियो ।