जुम्ला । जुम्लामा फेरि हिमपातभएसँगै चिसो बढेको छ । एक महिना अघि हिमपात भएको जुम्लामा झण्डै एक सातादेखि हिउँ पर्ने र रोकिने क्रम भइरहेको छ । तेस्रो पटक हिमपात भएसँगै जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य रहेको बताइएको छ ।
भारी वर्षापछि हिउँ पर्न थालेपछि जनजीवन प्रभावित भएको छ । स्थानीयका दैनिक क्रियाकलापहरु रोकिएका छन् भने यातायात सेवा पनि अवरुद्ध भएको छ । हिउँ जमेका कारण हवाइ र स्थल यातायात अवरुद्ध हुँदा स्थानीयको आवागमनसमेत रोकिएको हो।
जुम्लादेखि कालिकोट, सुर्खेत, नेपालगञ्ज जाने यातायात सेवा बन्द हुदा यात्रुलाई समस्या भएको छ।