नेपाल भ्रमण वर्ष २०२० का लागि भरतपुर १५ चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सबैभन्दा आकर्षक गन्तव्यका रूपमा लिन सकिन्छ । कामदार, कर्मचारी, फाउण्डेशनका पदाधिकारी, सुरक्षाकर्मी र स्थानीय बासिन्दा गरी पाँच सयको सेरोफेरोमा बिहानदेखि बेलुकासम्म रंगशालाको कम्पाउण्डभित्र छन् । त्यसबाहेक अहिले यहाँ दैनिक रूपमा हजारौंले अवलोकन गर्न थालेका छन् ।
रु. २० को टिकट काटेर भ्यू टावरबाट कामको प्रगति हेरी मख्ख पर्नेहरूले त्यहाँ रहेको चन्दा बाकसमा नगद पनि खसालिरहेका छन् । आमा समूहको टोली कहिले भजनकीर्तन, कहिले बाजागाजासहित त कहिले दोहोरीगायनमा रमाउँदै दैनिकजसो सहयोग गर्न आएको आएई छन् । धुर्मुस सुन्तलीको गलामा माला पहि¥याउँदै प्रशंसाको गीत गाएको गाएई छन् । हुन पनि अहिले कामको गति बढेर धुर्मुुस सुन्तलीको गास, बास यतै छ । बिहानदेखि बेलुकासम्म खटेको खट्यै गरेका यी जोडीले रंगशाला निर्माणको महाअभियानमा देशभरिका धेरैजसो जिल्लामा सहयोग समिति गठनको जालो फिंजाइसके । देशका कुनाकाप्चाबाट सहयोग ओइरिने क्रम जारी छ । विदेशमा बस्ने नेपालीको छाता संगठन एनआरएनए पनि सहयोगको सूचिमा थपिएको छ । विदेशमा बस्ने नेपालीले व्यक्तिगत रूपमा पनि सहयोग पठाउने वा आउँदा दिने क्रम चलेकै छ ।
जसरी हुन्छ निर्धारित समयमा डीपीआरमा देखाएअनुसारको रंगशाला निर्माण गर्न आर्थिक संकलनका लागि विभिन्न तौरतरिका अवलम्बन गरिएको छ । ठेलामा फलपूmल र बदाम बेच्न थालेको महिना पुगिसक्यो । पुष १५ देखि चमेनागृह संचालनमा ल्याइएको छ । क्रिकेटको डमी ग्राउण्डमा दैनिकजसो मैत्रीपूर्ण म्याच चलेका छन् । ट्वान्टी÷ट्वान्टीको एक म्याच खेलेवापत कम्तिमा रु. १५ हजार आम्दानी हुने गरेको छ । विभिन्न व्यवसायीले नगद र जिन्सी सहयोग गरेका छन् । टोल विकास संस्था, नेपाली सेना, नेपाल प्रहरी तथा अन्य संघ संस्थाले श्रमदान र चन्दादान पनि गरेका छन् । कृष्ण कँडेलद्वारा संचालित इन्द्रेणी टिम आएर पुरुषतर्फबाट धुर्मुस स्वयंलाई दोहोरी गीत गाउन लाएर ८० हजार नगद सहयोग ग¥यो ।
सरकारले नेपाल भ्रमण वर्षको उद्घाटन गरेको दिनदेखि आजसम्म तामझामसहित सबैभन्दा बढी अवलोकनकर्ता कमाएको परियोजना यो हुनुपर्छ र शायद यो वर्षभरिकै आकर्षक गन्तव्य यो नै हुनेछ । जनस्तरबाट निर्माण भईरहेको यस रंगशालामा हुँदा खानेदेखि हुनेखानेसम्मको चासो छ । कतिले यसलाई पुन्य कार्यको संज्ञा दिदै सहयोग गरिरहेका छन् । कतिले राष्ट्र निर्माणको महाअभियानका रूपमा सहयोग गरेका छन् त कतिले समृद्ध नेपाल खुशी नेपालीको नारा सार्थक पार्ने गौरवशाली योजना भनी सहयोग गरेका छन् । जे होस् देशको केन्द्रभागमा बनिरहेको यो रंगशाला निर्माणाधीन अवस्थामै सहयोगसहितका पर्यटक तान्न सफल भएको छ । यसो हुनुले संकेत गरेको छ कि यो रंगशाला निर्धारित अवधिमा तोकिएकै ढाँचामा तयार हुने कुरामा ढुक्क हुन सकिन्छ । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने अनेकौं आयाम बोकेको यो रंगशाला अधिकांश नेपालीको मन मनमा बसेको छ । यसमा सडकदेखि सदनसम्मका मान्छेको साथ र सहयोग छ । चितवनवासी दंग छन् रंगशाला निर्माण अभियानमा अधिकांश नेपाली धुर्मुस सुन्तली फाउण्डेशन संग छन् । मिडियाकर्मी पनि ओइरिइरहेका छन् । बिहानदेखि बेलुकासम्मको दैनिकी खिच्न, रंगशाला निर्माणको प्रगति बुझ्न मिडियाको कमि छैन ।
भरतपुर महानगरपालिकाकी मेयर रेनू दाहाल नेतृत्वको चासोले सहयोगमा साथ दिएको छ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले निर्माणस्थलको अवलोकन गरि गौरवपूर्ण योजनाको गर्व गरेर गइसकेका छन् । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पनि निर्माणाधीन रंगशालाको अवलोकनपछि सामाजिक सञ्जालमा अत्यन्त सकारात्मक टिप्पणी गरिसकेका छन् । सिस्नुपानी नेपालको टिम, सक्किगोनिको टिम तथा अन्य कलाकार, खेलाडी, सहकारी, बोर्डिङ तथा विभिन्न तह र तप्काका व्यक्ति तथा संस्थाले यसको अवलोकन गरि साथ, सहयोग र समर्थनको कुरा गरेका छन् । रंगशाला निर्माणमा पार्टीहरू विभाजित छैनन् । सबैजसो पार्टी एक भएको अवस्था कायमै छ । त्यसैले नेपाल भ्रमण वर्ष सचिवालयले यस रंगशालालाई थप महत्वका साथ आकर्षक गन्तव्यका रूपमा चिनाउन सके सरकारले जश पाउन र रंगशालाले सहयोग पाउन मद्दत पुग्नेछ ।