काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र भैसिपाटी, ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरूलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरूले अस्पतालको विभिन्न सेवामा सात प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुुन् ।