काठमाडौं । २ किलो सुनसहित दुई जना भारतीय नागरिकहरुलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलालले मलद्वारमा लुकाएर सुन ल्याएको प्रमुख भन्सार अधिकृत विष्णुराज ढकालले बताएका छन् ।
सुन तस्करी गर्ने समूहले विभिन्न शैली अपनाएर सुन भित्र्याउने गरेका छन् । यूएईबाट आएका उनीहरुले तरल बनाएर मेटल डिटेक्टरले पनि काम नगर्ने गरी ल्याइएको पाइएको ढकलले बताए । सुन पत्ता लगाउन काठमाडौं मेडिकल कलेजमै लगेर एक्सरे गर्नुपरेको पनि उनले बताए ।
यसअघि मंगलबार पनि यही शैलीबाट ल्याइएको आधा किलो सुनसहित महाराष्ट्रकै हरिराम नेपाली पक्राउ परेका थिए । फ्लाइ दुबई एयरलाइन्सबाट नेपाल छिर्ने क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले उनलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार दुवईबाट आएका उनले पनि मलद्वारमै लुकाएर दुई टुक्रामा गरी ५ सय ग्राम सुन भित्र्याउन खोजेका थिए ।



















