काठमाडौँ । एभरेष्ट बैंकले मध्यमवर्गीय तथा निम्नवर्गीय परिवारलाई लक्षित गर्दै होमलोन स्कीम सार्वजनिक गरेको छ । बैंकले ‘घरभाडाभन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाऊँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता नौ हजार तीन सय ६३ रूपैयाँ मात्रको होम लोन ल्याएको हो ।
यस अभियानमा ग्राहकहरूले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण पाउनेछन् । बैंकले सम्पूर्ण ग्राहकहरूलाई यस अभियानको लाभ उठाउँदै आफ्नौ घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गरेको छ । ‘सर्भिस विथ स्माइल’ नारासहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आएको छ । एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरूको संख्या १० लाखभन्दा बढिरहेको छ जुन बैंकिङ क्षेत्रमा नै सबैभन्दा उच्च हो । हालै क्यामेलस रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ ।
बैंकले हाल आफ्ना ९५ वटा शाखाहरू, २८ राजस्व संकलन काउन्टर र एकसय २२ एटीएम तथा बृहत् बाह्य सञ्जालमार्फत उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको बैंकले जनाएको छ ।