काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले न्यानो कपडा वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५, पक्लिहवामा दुुई सय थान ब्लाङ्केट वितरण गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. ५ का सचिव रामप्रसाद खरेल, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. ५ का सचिव टेकनारायण पाण्डे, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष चन्द्रकला रेग्मी तथा बैंकका प्रदेश नं. ५ का सहायक प्रमुख कविन्द्र रेग्मीले शनिबार आयोजित एक कार्यक्रममा सुस्ताका विपन्न समुदायका दुुई सय परिवारलाई संयुक्तरूपमा ब्लाङ्केट हस्तान्तरण गरेका हुुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निजामती कर्मचारी श्रीमती संघसँगको सहकार्यमा नवलपरासीको सुस्ताका विपन्न समुदायलाई जाडोमा ब्लाङ्केट वितरण गरेको हो ।बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।