काठमाडौं, दैलेखको ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपरहणमुक्त हुनुभएको छ। शनिबार राति १२ बजेतिर आफ्नै घरमा सुतिरहेको अवस्थामा नेत्रविक्रम चन्द बिप्लब अपरहणमा पर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष शाहीलाई कालिकोट प्रहरीको संरक्षणमा शुभकालिका गाउँपालिका–१ छात्ती भन्ने स्थानबाट सकुसल उद्धार गरिएको कालिकोटको शुभ गाउँपालिकाका अध्यक्षले बताउनुभयो । उहालाई गाउँकै एकजना घरमा लुकाउँन लगिँदै गरिएको अवस्थामा कालिकोट सशत्र प्रहरी र जनपद प्रहरीले ३३ घण्टापछि अध्यक्षको सकुशल उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताउनुभयो । अहिले गाउँपालिका अध्यक्ष प्रहरीको सुरक्षामा रहनुभएको छ । अपरहणमा पर्नुभएकी गाउँपालिका अध्यक्षकी इला मल्ल शाही दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने भर्ता लेकबाट शनिबार बिहान ९ बजेतिर सकुशल फेला पर्नुभएको छ ।