काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता सञ्चालन गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता सेञ्चुरी सेभिङ प्लस एकाउन्टको सुभारम्भ गरेको हो । ५० हजार रूपैयाँ न्यूनतम मौज्दात भएको यो खातामा वार्षिक छ दशमलव पाँच प्रतिशतका दरले त्रैमासिकरूपमा ब्याज भुतmानी गरिने बैंकले जानकारी दिएको छ ।
यो खातामा १० लाख सम्मको प्राणघातक रोग÷दुर्घटना÷दीर्घकालीन अशक्तताको बीमा आईएमई जनरल इन्स्योरेन्सबाट गर्ने सकिने व्यवस्था मिलाइएको छ । सो खातावालाहरूले नेपालका अन्य कुनै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । साथै निःशुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ र कर्जा सुविधामा विशेष छुटसमेत दिइनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमद्वारा गरिएको खाता सुभारम्भ कार्यक्रममा बैंकका उच्च पदाधिकारीहरूको समेत उपस्थितिरहेको थियो ।
बैंकले काठमाडौँं उपत्यकामा १३ शाखाहरू र सातवटा एक्सटेन्सन काउन्टर र उपत्यकाबाहिर एक सयवटा शाखाहरू र तीनवटा एक्सटेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ गरी जम्मा एक सय ३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।