काठमाडौँं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । बैंकले केन्द्रीय कार्यालय परिसरमा समुदाय–प्रहरी साझेदारी ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत ट्राफिक संचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
बैंकका अनुसार नेपाल प्रहरीका पूर्वट्राफिक प्रहरी निरिक्षक एवं ट्राफिक भोलेन्टियर सिताराम हाछेथुबाट प्रदान गरिएको हो । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले कर्मचारीको सुरक्षाको लागि विभिन्न कार्यक्रममार्फत ध्यान दिइरहेको बताए । प्रशिक्षक सिताराम हाछेथुले बैंकिङ क्षेत्रमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूलाई संचेतना कार्यक्रमसञ्चालन गर्न पाउँदा खुसी लागेको बताए । उनले भिडियो देखाएर तथा बोलेर ट्राफिक नियमबारे प्रशिक्षण दिएका थिए ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको सचेतना कार्यक्रम दैनिक अस्तव्यस्त बन्दै गइरहेको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनको लागि बैंकका केन्द्रीय कार्यालय परिसरमा कार्यरत कर्मचारीहरूलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइएको होे ।
उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतकहरू सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखलगायत कर्मचारीहरूको उपस्थिति थियो । कार्यक्रम ब्रान्च अपरेशन विभागका उपप्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए ।