काठमाडौं । आई–पे रेमिट प्रालि र नेपाल बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । बैंकको प्रधान कार्यालयमा आई–पे रेमिटका कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात विश्वको जुनसुकै ठाउँबाट आई–पे रेमिटमार्फत पठाएको पैसा सिस्टम इन्टिग्रेसनपश्चात नेपाल बैंकको सम्पूर्ण शाखाबाट सजिलै भुक्तानी प्राप्त गर्न सकिनेछ । यसबाट ग्राहकलाई थप सहज हुने र सबै ग्राहकहरूलाई आई–पे रेमिटको सेवा लिन आई–पे रेमिटका बजार प्रमुख रूपनारायण श्रेष्ठले अनुरोध गरे । साथै नेपाल बैंकमार्फत पठाएको पैसा आई–पे रेमिटबाट सजिलै प्राप्तगर्न सकिने कुरा नेपाल बैंकका सहायक कार्यकारी अधिकृत लक्ष्मण पौड्यालले बताए ।