काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि एस २ एमको सेलेक्ट सिस्टम ईएफटी स्वीच प्रयोगमा ल्याउने भएको छ ।
बैंकले एस २ एम मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि एक समारोहका बीच सम्झौता गरेको छ । बैकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहक महानुभावहरुले स्वदेश तथा विदेशबाट कार्डबाट हुने ई–कमर्स कारोबार सहजरुपमा गर्न सक्नेछन । सबै प्राविधिक तयारी पुरा गरी केही समयमा बैंकले यो प्रविधि संचालनमा ल्याउने तयारी गरेको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एस २ एम मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेकाछन । उक्त स्वीचको कार्यान्वयन सँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ ।