काठमाडौं । काठमाडौंको चाबहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा मनोरोगको आकस्मिक अवस्था बारे बिशेष कार्यशाला सम्पन्न भएको छ ।
काठमाडौं उपत्यकाका बिभिन्न अस्पतालमा कार्यरत जनरल प्राक्टिसनरहरुलाई लक्षित गरि संचालन गरिएको सो कार्यशालामा ॐ अस्पतालका सिनियर कन्सल्ट्यान्ट साइकाइट्रिस प्रा.डा. पुष्प प्रसाद शर्माले संचालन गरेका थिए भने उनलाई मोडरेटरको रुपमा कन्सल्ट्यान्ट साइकाइट्रिस डा. रमन कोइरालाले सघाएका थिए । कार्यशालाको मूल उद्देश्य बिभिन्न अस्पतालको आकस्मिक बिभागमा कार्यरत चिकित्सकहरुले मनोरोगको आकस्मिक अवस्थामा दिनुपर्ने उपचारका बिधिहरुको बारेमा बिस्तृत रुपमा जानकारी गराउनु रहेको थियो ।
मनोरोगको आकस्मिक अवस्थाबारे यस किसिमको कार्यशालामा पहिलो पटक सहभागि हुँनपाँउदा आफूहरुलाई खुशी लागेको सहभागिहरुले बताएका छन् ।साथै यस कार्रयशालाले आपूहरुलाई बिभिन्न किसिमका सन्देश प्राप्त भएको र सो सन्देशहरुलाई आजैका दिन देखी कार्यान्वयनमा ल्याउने समेत बताएका छन् ।
प्रा. डा. शर्माका अनुसार कार्यशाला आफुले आयोजना गर्नुको उद्देश्य लामो समय बिभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत रहँदा त्याहाँ कार्यरत इमर्जे्न्सिका चिकित्सक साथिहरु अन्य किसिमका बिरामीहरुमा भन्दा मानसिक स्वास्थ्य सम्वन्धि रोगको उपचार गर्दा उहाँहरुले कठिनाई महशुष गरेको पाएपछि आफूले उनीहरुकालागि यस बिषयमा दक्षता अभिबृद्धि जरुरी रहेको हुनाले कार्यशाला आयोजना गरिएको बताए । कार्यशललामा काठमाडौं उपत्यकाका बिभिन्न अस्पतालमा कार्यरत दुइदर्जन भन्दा बढी जनरल प्राक्टिसनरहरु सहभागि भएका थिए ।

















