काठमाडौँ । एनएमबी बैंकको सेयर दाखिला बन्द हुुने भएको छ । बैंकको यही पुुस २४ गते हुुने २४औं वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि पुुस चार गते देखि पुुस २४ गतेसम्म सेयर दाखिला बन्द हुुन लागेको हो ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको तीन सय ९६औं बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरको हो । उक्त वार्षिक साधारणसभामार्फत बैंकले कर प्रयोजनको लागि समेत गरी १४ प्रतिशत अर्थात् एक अर्ब ६१ करोड ४१ लाख ६३ हजार आठ सय ३९ रूपैयाँ नगद लाभांश र २१ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार सात सय सात रूपैयाँ रहेको छ ।



















