काठमाडौँं । एनआईसी एसिया बैंकका ग्राहकहरूले द्वारिकाज समूहद्वारा सञ्चालित रेष्टुरेन्टहरूमा विशेष छुुट पाउने भएका छन् । छुुट दिने सम्बन्धमा बैंक र द्वारिकाज समूहबीच भएको सम्झौताअनुसार एनआईसीका ग्राहकहरूले उक्त समूद्वारा सञ्चालित रेष्टुरेन्टहरूमा १५ प्रतिशतसम्म छुुट पाउने भएका हुुन् ।
सम्झौताअनुुसार एनआईसी एसियाका डेबिट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई काठमाडौँको बत्तीसपुतलीस्थित द्वारिकाज होटलको तोरण रेष्टुरेण्ट,युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज समूहकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशतसम्म छुट र बत्तीसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुुट पाउनेछन् ।
छुुट दिनेसम्बन्धी सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र द्वारिकाज समूहका तर्फबाट इन्टरनेशनल मार्केटिङ एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले हस्ताक्षर गरेका छन् । हाल बैकले सबैक्षेत्रमा गरी तीन सय १० शाखा, चार सय एक एटीएम काउन्टर, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङमार्फत करिब १९ लाख ग्राहकहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।



















