काठमाडौं । माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाखथान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको वार्षिक १०.२५% व्याजदर सहितप्रति ऋणपत्र रु.१,००० कायम भएका उक्त ऋणपत्र बुधबारदेखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो ।
ऋणपत्र सूचिकृत सम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका छन् । सूचिकरण पछि १० बर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्जमार्पmत दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।
माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १४४ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७१ वटा एटीएमहरु मार्फतबाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।