काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेड र एनआईसी एसियाबैंक लिमिटेडबीच सम्झौता भएको छ । दुवै संस्थाका प्रमुखहरूले सहकार्य गर्दै अनलाइन भुक्तानी सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता गरेका हुुन् ।आइतबार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले सहमतिपत्रमा हस्ताक्षर गरेकाहुन् ।
सहमतिसँगै एनआईसी एसिया बैंक लिमिटेडबाट अजोड इन्स्योरेन्स लिमिटेडका ग्राहकहरूले बीमासम्बन्धी सम्पूर्ण सेवा सुविधा एनआईसी एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जनाएको छ ।