काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सम्पूर्ण एटीएम तथा प्वाइन्ट अफ सेल्सहरुमा अब मास्टर कार्ड स्वीकार गर्न माछापुच्छ्रे बैंक लिमिटेड मास्टर कार्डको सञ्जालसँग आबद्ध भएको छ । विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ«े बैंक मास्टर कार्डसँग आबद्ध भएको हो ।
अब ग्राहकहरुले माछापुच्छ्रे बैंकको एक सय ७० भन्दा बढी एटीएममार्फत नगद निकाल्न तथा एक हजारभन्दा बढी प्वाइन्ट अफ सेल्समार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्नेछन् । बैंकले छिटै नै आफ्ना ग्राहकहरुलाई मास्टर कार्ड जारी गर्ने समेत जनाएको छ । मास्टर कार्डसँगै बैंकका सम्पूर्ण एटीएम र प्वाइन्ट अफ सेल्सहरुमा भिसा, यूनियन पे, मास्टरकार्ड र मेस्ट्रो कार्डहरु सजिलै प्रयोग गर्न सकिनेछन् ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यूआर कोडलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमा झल्याइसकेको छ ।
बैंकले पुर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना एक सय ४४ वटा शाखाहरु, एक सय ३७ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा दुई सय ८१ स्थानमा रहेका सेवा सञ्जाल तथा एक सय ७० वटा एटीएमहरुमार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ ।
























