पोखरा । कास्की २ को उपनिर्वाचनको मतगणना जारी छ । हालसम्मको मतपरिणा अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा दोब्बर मतले अग्रता लिएकी छिन् ।
भट्टराईले १५ हजार ५ सय ८ मत ल्याउँदा पौडेलले ७ हजार ८ सय ७ मत मात्र ल्याएका छन् ।
पोखरा महानगरपालिकाको ५ वटा वडाको २५ हजार ५ सय ३३ मत गणना भइसकेको छ । वडा नं ३३, २१, २०, १७ र १६ को मतगणना सकिएको छ । हालसम्म समाजवादी पार्टीका धर्मराज गुरुङले ९०२, साझा पार्टीकी रजनी केसीले ३ सय ५८ र राप्रपाका रोमबहादुर भण्डारीले ३ सय ६० मत पाएका छन् । विवेकशील पार्टीकी जमुना शर्माले ३२ भोट पाएकी छन् ।
कास्की क्षेत्र नम्बर २ मा ११ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ७१ हजार ८ सय ७१ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको छ । कुल मतदाता संख्याको ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो ।