काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय विकास अधिकृत सुभाषबहादुर श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनालजंग कार्काीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सेञ्चुरीका सम्पूर्ण शाखा कार्यालयहरूबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी लिन सकिनेछ ।