काठमाडौँ । प्रभु बैंक लिमिटेडको डिवेन्चर निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता भएको छ । उक्त कार्यको लागि बुधबार प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठकाबीच सम्झौता भएको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैंकले ‘प्रभु बैंक डिबेन्चर २०८४’ दुुई अर्बबराबरको डिबेन्चर १० प्रतिशतको ब्याजसहित आठ वर्षको लागि जारी गर्ने कुल २० लाख कित्ता डिबेन्चरमध्ये १२ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र आठ कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिने बताइएको छ ।