काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले तनहूँ जिल्लाको व्यास नगरपालिका–१२, बेल्थोकस्थित कुर्लुङ प्राथमिक विद्यालयलाई दुुईवटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । बिहीबार आयोजित एक कार्यक्रमबीच बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका इन्चार्ज बसन्तराज रेग्मीले कुर्लुङ प्राथमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई दुुईवटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुुन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कप्यूटर सहयोग गरेको जनाएको छ ।