काठमाडौँ । एनआईसी एशिया बैंकले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ विषयमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचारप्रति बैंकले ध्यानाकर्षण भएको जनाएको छ । बैंकले एक विज्ञप्ति प्रकाशित गरी सोसम्बन्धी सत्यतथ्य प्रष्ट्याएको छ । बंैकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना सार्वजनिक गरेको जानकारी गराउँदै उक्त योजना बैंकको ‘सुपर चमत्कारिक रिकरिङ निक्षेप खाता’को नाम परिवर्तन मात्र गरेको स्पष्ट पारेको छ ।
आम जनमासहरुलाई सजिलोसँग बुझ्न र बुझाउन सजिलो होस् भन्ने हेतुले यस योजनालाई ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ भनि नामांकन गरिएको बैंकले जनाएको छ ।
बैंकले भनेको छ “रिकरिङ निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो, जसमा ग्राहकहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तीय स्रोत जुटाउनका लागि मासिकरुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सकिन्छ । रिकरिङ निक्षेप योजना अन्तर्राष्ट्रिय बैंकिङअभ्यासमा समेत निकै नै प्रचलित एवं पहिलादेखि नै सञ्चालनमा रहेको योजना र नेपालमा समेत केही बैंकहरुले विभिन्न नाममा रिकरिङ निक्षेप योजनाहरु सञ्चालन गरी निक्षेप स्रोत परिचालन गरिरहेको छन् ।”
बैंकले सार्वजानिक गरेको सुपर चमत्कारिक खाताहरुअन्र्तगत उक्त सुपर चमत्कारिक मासिक निक्षेप खाता बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले तीन महिनादेखि १० वर्षसम्मको लागि आफ्नो आवश्यकताअनुसार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्ने बैंकले जनाएको छ ।