काठमाडौं । सामसङले ग्यालेक्सी ए शृंखलामा सबैभन्दा नयाँ स्मार्टफोन ग्यालेक्सी ए७० एस ल्याएको छ । यसमा ग्यालेक्सीको अत्याधुनिक इनोभेसन समाविष्ट रहेको कम्पनीले जनाएको छ ।
नयाँ ग्यालेक्सीए७० एस मा ६४ मेगापिक्सलको प्राइमरी शूटरको साथ ट्रिपल क्यामरा सेटअप, आकर्षक नयाँ डिजाइन, सम्पूर्ण भिज्युअल अनुभव, शक्तिशाली ब्याट्री एवं सहजै कनेटक्ट गर्न सकिने सुविधारहको छ । यो नयाँ स्मार्ट फोन डिजिटल युगका प्रयोगकर्ताहरु जो आफ्नो जीवनको वास्तविक स्वरुपमा क्याप्चर, कनेक्ट एवं शेयर गर्न चाहनु हुन्छ, वहाँहरुका लागि निर्माण गरिएको हो । यस समूहको सबैभन्दा उत्कृष्ट ६४ मेगापिक्सलको प्राइमरी क्यामरा एवं नाइट मोड तथा सुपर स्टेडी भिडियोको साथ ग्यालेक्सीए७० एस स्मार्टफोन फोटोग्राफी एवं भिडियोग्राफीको लागि अझै उत्कृष्ट बन्न पुगेको कम्पनीको दाबी रहेको छ ।
कम्पनीले क्यामराको आवश्यकतालाई ध्यानमा राखेर नयाँ ग्यालेक्सीए७० एस आकर्षक ६४ मेगापिक्सलको ट्रिपल रियर क्यामरा राखेको छ । कम उज्यालोको अवस्थमा पनि आकर्षक फोटो खिच्नको लागि यसमा नाइट मोड रहेको छ यसमा एक्सनको अवस्थाको भिडियो पनि स्मुथ खिच्न सकिन्छ । यसमा ८ मेगापिक्सलको अल्ट्रावाइट क्यामरा रहेको छ, जसले मानव आँखाले जस्तो देख्दछ त्यस्तै १२३ डिग्रीको भिउङ्ग कोणबाट फोटो खिच्न सकिन्छ । यसमा ५ मेगापिक्सलको लाइभ फोकस लेन्स रहेको छ । यसमा इनोभेटिभ अलाइभ क्यामरा फिचर रहेको छ, जसले फोटो खिच्दाको अवस्थमा उत्कृष्ट फोटोलाई छनौट गर्न सहयोग गर्दछ ।
साथै यसमा रहेको इन्टलिजेन्ट सीन अप्टिमाइजरले कुनै पनि वस्तुमा केन्द्रित रहेको अवस्थमा वस्तु अनुसार कलर, कन्ट्रास्ट एबं ब्राइटनेसलाई मिलाई फोटोको गुणस्तरीयतालाई अझै बृद्धि गर्न सहयोग पु¥याउँदछ र यसले आफै त्यस्ता वस्तुहरुको फोटोलाई अप्टिमाइज गर्दछ । यसमा फोटोलाई टेक्स्टमा रुपमान्तरण गर्ने विशेषता पनि रहेको कम्पनीले जनाएको छ । नयाँ स्मार्टफोनमा ६.७ इन्चको एफएचडी इन्फिनिटी–यू डिस्प्ले रहेको छ । यो फोन प्रयोगकर्ताहरुलाई गेमिङ्ग, भिडियो हेर्न, मल्टिटास्किङ्ग, ब्राउजिङ्ग आदिको दौरान उत्कृष्ट भिज्युअल अनुभव प्राप्त हुने कम्पनीको दाबी छ । सामसङको आफ्नै सुपर एमोलेड प्रविधिले डिस्प्लेलाई अझै जीवन्त तुल्याएको छ साथै यसले उत्कृष्ट क्रिस्प भिडियोको स्ट्रीमिङ्गलाई सम्भव बनाएको छ ।
ग्यालेक्सीए७० एसमा डल्बी एटमस रहेको छ, जसले ३६० डिग्री सराउन्ड साउन्डको अनुभव प्रदान गर्ने बताईएको छ । ए७० एसमा अक्टाकोर क्वालकोम स्न्यापड्रैगन ६७५ प्रोसेसर लगाईएको छ, जसले धेरै कार्यहरु सहजै गर्न सक्षम हुनेछ । यो ६ जीबी ¥याम मा उपलब्ध रहेको छ । ग्यालेक्सीए७० एस ले मल्टीटास्किङ्गमा धेरै सहज र सुगम अनुभव प्रदान गर्दछ यसका साथै एआई पावर्ड गेम बुस्टर फ्रेमको दरमा सुधार गर्दछ । गेमिंगको पफरमेन्सलाई उत्कृष्ट बनाई ठूला गेमहरु पनि निरन्तर लामो समयसम्म खेल्न सकिन्छ । यसमा ४५०० एमएएचको व्याट्री तथा २५ वाटको सुपरफास्ट चार्जिंग रहेको छ ।
अद्वितीय जियोमेट्रिक प्याटर्न एवं पछाडी भविष्यगामी होलोग्राफिक इफेक्टद्वारा आकर्षक डिस्प्लेसँग ग्यालेक्सी ए७० एस स्टाईलिश लुक एण्ड फिल उपलब्ध रहेको छ । ७.९ मि.मि. मा यो स्लीक स्मार्टफोन प्रिज्म क्रश रेड, प्रिज्म क्रश व्हाईट र प्रिज्म क्रश ब्ल्याक कलरमा उपलब्ध रहेको छ । ग्यालेक्सीए७० एस को मूल्य ४८ हजार आठ सय ९० रुपैयाँ (६ जीबि ं १२८ जीबि) तोकिएको कम्पनीले जनाएको छ ।