काठमाडौं । दराजले नोभेम्बर ११ मा आयोजना गर्न लागेको संसारकै सबैभन्दा ठूलो ‘सेल डे ११.११’ मा अफरै अफर घोषणा गरेको छ ।
एक दिनको सेलमा दराजले भाउचरहरु, फ्लेस सेल, तीन हजारभन्दा बढी बिक्रेतासँग मिली तीन लाखभन्दा बढी सामानहरुमा आकर्षक छुटहरुलगायत अन्य धेरै अफरहरु लिएर आउने कम्पनीले जनाएको छ । साथै उपभोक्ताहरुले दराजको छ बैंकिङ पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी अनलाइन पेमेन्ट गर्दा थप २० प्रतिशत तथा मेगा सेलमा तीन हजार पाँच सय रुपैयाँसम्मको छुट पाउनेछन् ।
कम्पनीका अनुसार यसपाली उपभोक्ताहरुले रेड्मी नोट ७ प्रो, हुवावे पी ३० र वान प्लस ७ मा ठूलो छुट पाउनेछन् भने आईफोन ११ प्री अर्डर, र वान प्लस ७ टी प्रोको पनि लन्च हुनेछ । साथै सामसुङ, मिडिया, भिडियो कोन, होमग्लोरीजस्ता ठूला ब्रान्डहरुले फ्रिज, एसी, टीभी, वासिङ मेसिन, रुम ग्यास हिटर, आदि सामानहरुमा ठूलो छुट दिनेछन् । यसको साथ साथै डेल, ब्ल्याक एन्ड डेकर, फिलिप्स, यासुदा, वलपूल, फ्यान्टेक, मन्त्र, कमिलिआन्त, आडिडास, सोनाम गियर्स, एजीबी, प्रख्या, टाइटन, भ्यान्स, रंगोली, नाइक, गोल्डस्टार, हिमालय, ज्युवास, र व्यञ्जनजस्ता ब्रान्डहरुले पनि छुट दिनेछन् । ब्रान्डपिच्छे छुट फरक–फरक छन् तर उपभोक्ताहरुले ३० प्रतिशतदेखि लिएर ८० प्रतिशतसम्मको छुट पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार टाइटनका उत्पादनहरुमा २५ प्रतिशतको छुट; मन्त्र नाइक, गोल्डस्टार, र ज्युवासका उत्पादनहरुमा ३५ प्रतिशतको छुट; भ्यान्सका उत्पादनहरुमा ५० प्रतिशतसम्मको छुट; आडिडास र सोनाम गियर्सका उत्पादनहरुमा ७० प्रतिशतसम्मको छुट पाउनेछन् । यस वर्षको ११.११ मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट ¥याली स्कुटर रहेको छ । उक्त स्कुटर जित्ने मौका पाउन केवल दराजको ११.११ मा शपिङ गरे पुग्छ । लकी ड्रद्वारा एक विजेता घोषित हुने कम्पनीले जनाएको छ । साथै दराजले यसपालिको ११.११ मा उपभोक्ताहरुले भौचर तथा उपहारहरु जित्ने अवसर पाऊन् भनी सामाजिक सञ्जालमा प्रतियोगिता र रमाइला प्रत्यक्ष्य भिडियोहरुका साथै इन–एप गेमहरु, शेकशेक, दराज साथी, एड टु कार्ट अफर लिएर आएको जनाएको छ ।