ललितपुर । एनआईसी एसिया बैंकले ललितपुरको उच्च अदालत पाटनमा पनि विस्तारित काउन्टर खोलेको छ । उक्त काउण्टरको उद्घाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले बिहीबार गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि सुवेदीले उच्च अदालत पाटन परिसरमा बैंकको उपस्थितिले सेवाग्राहीलाई सहयोग पुग्ने तथा शुल्क भुक्तानी प्रक्रियामा थप आर्थिक पारदर्शिता कायम हुने विश्वास व्यक्त गरेका छन् । विस्तारित काउण्टर सञ्चालनमा आएसँगै सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले जानकारी दिए ।