काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सिटिजन शुभारम्भ जीवन बीमा’ नामक नयाँ योजनाको ल्याएको छ । एक कार्यक्रमका बीच सञ्चालक समितिका सदस्यहरु मनोज कार्की तथा दिपप्रकाश पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेल र ब्राण्ड एम्बेसेडरद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठको उपस्थितिमा उक्त योजनाहरुको शुभारम्भ गरेका हुन् ।
बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि १० हजार रुपैयाँको न्यूनतम बीमांक रकमको बीमा गर्न सकिने यस बीमा योजनाले बीमा अवधिभर जोखिम वहन गरिबी मितहरुलाई डबल सुरक्षा प्रदान गर्दछ । यस योजनामार्फत बीमितले साधारण मृत्युमा बीमांकको डबल रकम र दुर्घटना मृत्युमा बीमांकको तीन गुणा रकम प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थायी पूर्ण अशक्तता लाभ, बीमा शुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा तथा ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्चजस्ता सुविधाहरु समेत यो योजनामा उपलब्ध रहेको छ ।
२०७४ कात्तिकदेखि सञ्चालनमा कम्पनीले नवीनतम जीवन बीमा योजनाहरु ल्याउने क्रममा यसअघि पनि पेन्सनको सुविधासहितको बीमितको आफ्नै जीवनकालमा बीमांकको डबल प्लस बोनसको व्यवस्थासहितको सिटिजन जीवन सारथि बीमा योजना र उपचार खर्च अब सिटिजन लाइफले गर्छ । नारासहितको सिटिजन क्रिटिकल केयर नामको २० वटा घातक रोग सुरक्षाबीमा योजना प्रचलनमा ल्याएको छ । जसअन्तर्गत सो रोगहरु लागेको सुनिश्चित हुनासाथ ५० लाख रुपैयाँसम्म कम्पनीले भुक्तानी गर्ने र सोको बिलबीजक नचाहिने कम्पनीले जनाएको छ ।