काठमाडौँ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा १० वटा शाखारहित बैंकिङ सेवा थपेको छ । बैंकले बाग्लुङ जिल्लाका ताराखोला गाउँपालिका वडा नं. २, अर्गल, नवलपुर जिल्लाको गैडाकोट नगरपालिका वडा नं. ३, ढोडेनी, बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका वडा नं. ५, कुवाकोट, बाग्लुङ जिल्लाको जैमीनी नगरपालिका वडा नं. ८,अर्के छिस्ती, म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा नं. १, बेगखोला, मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. ६, फापरबारीर रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ३, सातदोबाटो, लुुंग्री गाउँपालिका वडा नंं. ३, जुटुङ खोला, गंगादेव गाउँपालिका वडा नं. १, ओत र परिवर्तन गाउपालिका वडा नं. ६, नाफेमा शाखारहित बैंकिङसञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार यी १० वटै शाखारहित बैंकिङ सेवाहरू स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरूको रोहवरमा उद्घाटन भएका हुुन् । थप १० वटा शाखारहित बैंकिङ सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ सेवाको संख्या एक सय ९४ पुगेको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, युुटीएल, एनटीसी को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथापर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आईएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले एक सय ४९ वटा शाखा, ३० वटा एक्सटेन्सन एवं राजस्व संकलन काउन्टर, एक सय ५० एटीएम तथा एक सय ९४शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्पmत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।