अमरगढी– आफूना मागप्रति सरकार उदासिन भएको आरोप लगाउँदै डा. गोविन्द केसीले अनसन सुरु गरेका छन् । डा. केसीले पत्रकार सम्मेलन गरी सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा सोमबारदेखि आफ्नो १७ औं अनसन शुरु गरेका हुन् ।
चिकित्सा शिक्षासहित संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा आफ्ना ५ बुँदे माग मागप्रति सरकार उदासिन देखिएकाले अनसन बस्न वाध्य भएको उनले बताएका छन् ।
डडेल्धुरा सदरमुकाम अमरगढीको अस्पताल रोडमा रहेको एउटा निजी क्लिनिक रहेको घरको एउटा कोठामा अनसन शुरु गरेका छन् । उनको अनसनका लागि स्थानीय स्तरमा व्यवस्थापन गरिएको उनका सहयोगीले बताएका छन् ।
डा केसीले १७ औं अनसनमा आफ्ना विगतका मागका अतिरिक्त डडेल्धुरा अस्पतालमा रिक्त रहेका दरबन्दी तत्काल पूर्ति हुनुपर्ने र डोटी या डडेल्धुरामा मेडिकल कलेज खोलिनुपर्ने २ माग थपेका छन् ।