काठमाडौं, मिनि क्यासिनोका रुपमा सञ्चालित एक जुवा अखडाबाट २५ जना हाइप्रोफाइल व्यापारीलाई पक्राउ गरेको छ ।
गएराति महाराजगञ्जको साम्बाला होटेल पछाडि सञ्चालित जुवाको खालमा छापामारी २५ जुवाडेलाई पक्राउ गरेको हो ।
जुवाको खालबाट प्रहरीले दुई करोड ६७ लाख रुपैयाँ नगद र तीन लाखको चेक समेत बरामद गरेको छ । यो अहिलेसम्मकै ठूलो जुवा हो ।
काठमाडौँ महानगरपालिका–३ पीपलमार्ग्स्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति उनीहरुलाई पक्राउ गरेको हो। गौतम काभ्रेका ठेकदार हुन् ।
पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन्। उनीहरु सबै पेशेवर जुवाडे हो । सापकोटा क्यासिनो किङका नामले चिनिन्छन् ।साबार दृष्टि