काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र थाइल्याण्डको समितिभेज हस्पिटल बीच बैंकका भिसा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५% छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र समितिभेज हस्पिटलको नेपालस्थित प्रतिनिधि कार्यालय स्पिडवे फ्रेईट सर्भिसेसको तर्फबाट कार्यकारी निर्देशक राजु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।