काठमाडौं । केही दिनदेखि बन्द रहेको एनआईसी एशिया बैंकको पीओएस सेवा आजबाट सुचारु भएको छ ।
प्राविधिक कारणले गर्दा यस बैंकका डेविट तथा क्रेडिट कार्डहरु यही भदौ १८ गते देखि अन्य बैंक तथा वित्तीय संस्थाका एटीएम तथा पीओएस मेशिनहरुमा नचल्ने र यसै बैंकका एटीएम तथा पीओएस मेशिनहरुमा मात्र चल्ने गरेकोमा आजबाट सवै पीओएसमा चल्ने भएको छ ।
अजोज १ गतेबाट यस बैंकको डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पोइन्ट अफ सेल (पीओएस)मा समेत चल्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । यस बीचमा प्रविधिक कारणले ग्राहकहरुमा पर्न गएको असुविधाको लागि बैंकले क्षमा मागेको छ ।